साहित्यकार विरही काइँला सँग एक क्षण

एप्रिल २३, २०१४ न्यूयोर्क:

नेपथ्यमा रहेर लिम्बु, नेपाली, हिन्दी भाषामा कलम चलाउने साहित्यकार विरही काइँला सँग (नारायण प्रसाद नेम्बाङ) एक क्षण नामक अन्तरक्रिया एवं सम्मान कार्यक्रम किराँत याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा थकाली रेस्टुरेन्टमा गरियो ।birahi pic

काइँला विशेष गरी लिम्बु भाषाका मुन्धुम, धर्म, संस्कृति विषयमा दख्खल राख्छन् औपचारिक साथै अनौपचारिक छलफलमा बिशेष गरी मुन्धुम र त्यसको विधी सम्बन्धी ब्यापक छलफल भएको थियो, भने बिरहीले साम्बा र फ़ेदाङ्बाले गर्ने पुजाको विधीलाई लिखीत गरी युवा पुस्ताहरुलाई  पुस्तक पढी पुजा गर्नु सक्ने पद्धतीको  विकास गर्न सके लिम्बू  संस्कार हुबाहु रहने बताउनु भयो।

पाँचथर जिल्लाको पौवासार्तापमा जन्मी उच्च शिक्षाको अध्ययनको क्रममा दाजिर्लिङ पुगेका काइँला अहिले पश्चिम बंगालको मिरिकमा बसोबास गर्ने गर्छन्।नेपाली साहित्यको उर्वर भूमि दार्जिलिङलाई कर्मथलो बनाए पनि आफ्नो लिम्बु भाषा, धर्म र संस्कृतिलाई जगेर्ना गर्न लागि पर्नेमा काइँलाको नाम पनि अग्र पंक्तिमा लिने गरिन्छ।

विरही काइँलाको यस योगदानलाई मध्यनजर गरी किराँत याक्थुङ चुम्लुङ अमेरिकाले यस अन्तरक्रिया तथा सम्मान कार्यक्रम राखेको अध्यक्ष देवेन्द्र सम्बाहाम्फे लिम्बुले जानकारी गराए।

Source: http://vishwanews.com/MenuPages/content/details.aspx?

यसमा तपाइको मत





*