लिम्बुहरुको प्रथम अन्तराष्ट्रीय सम्मेलन लिम्बूवान लाजे धरान, नेपालमा

०७१बैसाख१४,

हामी नेपाल, भारत (सिक्किम, जलपाइगुडी, पश्चिमबङ्गाल), म्यानमार, थाइल्यान्ड, बराइन, इजरायल, बेलायत, कतार, दक्षिण कोरिया, हङकङ,कुवेत,लगायतका मुलुकहरुमा बसोबास गर्दै आएका हामी लिम्बू प्रतिनिधिहरू किरात याक्थुङ चुम्लुङ नेपालको रजत जयन्तीको अवसरमा धरान लिम्बुवान, नेपालमा वैशाख१११३ (तदनुसार अप्रिल२४२६, २०१४)मा लिम्बूहरूकोपहिचान र प्रतिष्ठाविषयमा आयोजित प्रथम लिम्बू अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीभई आफ्नो भाषा, लिपि, धर्म, संस्कृति, इतिहास, राजनीतिक अधिकार सम्बन्धमा गहन छलफल गरेर धरानघो षणापत्र जारी गर्दछौा।

१.लिम्बू भाषा को संरक्षण र विकास का साथै लिम्बू भाषा शिक्षाका निम्ति सामुदायिक र नीति निर्माण तहमा पहल र प्रयत्न गर्ने प्रतिबद्धता जाहेर गर्दछौ।

२.मौलिक लिम्बू साहित्यको पहिचान गरी लिम्बू साहित्य लेखन गर्न गराउन वातावरण निर्माण गर्ने पहल गर्दछौा।
३. याक्थुङ मुन्धुम आदिकाल देखि मौखिक परम्परामा जीवन्त रहिआएको र हामी लिम्बूहरूको जीवन पद्धति, सामाजिक प्रणाली र संरचना, सामाजिक सम्बन्धहरूलाई मार्गदर्शन गर्ने र तिनीहरूको मूल्य र मान्यता स्थापित गरी विश्वदृष्टि कोण प्रदान गर्ने हाम्रो आधारभूतशास्त्र हो भन्ने ठहर गर्दै यसलाई जीवन्त राख्न र समृद्ध बनाउन प्रण गर्दछौ।
४.याक्थुङ मुन्धुमलाई मौखिक परम्परामा आधारित सर्वोत्कृष्ट मौखिक कृति हो भन्ने ठहर गर्दै युनेस्को को अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधिमूलक सूचीमा सूचीकृत गर्न पहल गर्दछौ।
५.लिम्बूहरूले परापूर्वकाल देखि मानीआएको धर्मलाई आफ्नो सन्दर्भ अनुसार अलग अलग नामकरण गरिएको भएता पनि सबै धर्महरू याक्थुङ मुन्धुममा नै आधारित भएकाले सवै धर्महरू एकै हुन भन्ने समान बुझाइरहेको विश्वास गर्दछौ।
६.दस लिम्बू सत्र थुमको रीतिथिति अनुसार लिम्बू सामाजिक संस्कारहरूमा विविधता भए पनि परा पूर्वकाल देखि परस्पर सम्मान गर्ने प्रचलनलाई यथावत मान्यता दिन उचित हुने ठहर गर्दछौ।
७. लिम्बू प्रथा जनित कानुन, पुर्खौली बिधि भूमि र प्रथा जनित संस्थालाई संवैधानिक मान्यता दिनु पर्ने मान्यता राख्दछौ।
८. लिम्बू चाडपर्व, कला, गीत, सङ्गीत, पहिरन, गरगहना, सीप हामी लिम्बूहरूको जीवनको अभिन्न अङ्ग भएकाले यिन को मौलिकतालाई निरन्तर कायम राख्दै जीवन पद्धतिका रूपमा अपनाउने प्रतिबद्धता जाहेर गर्दछौ।
९.नेपाल अहिले संविधान निर्माणको प्रक्रियामा रहेको र नेपालका लिम्बूहरूले आफ्नो पहिचान र प्रतिष्ठा कायम गर्न नेपालको स्वतन्त्रता, अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै लिम्वुवान स्वायत्त राज्य प्राप्त गर्न गरेका प्रयास, सङ्घर्ष र आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दछौ।
१०. हामी लिम्बूहरू बीच भाषिक, सांस्कृतिक संरक्षण, संवद्र्धन र विकासका लागि पारस्परिक अनुभव र सहयोग आदान प्रदान गर्न वचन वद्धछौ।
११.लिम्बू महिलाहरू लिम्बू संस्कृतिको संरक्षक भएकोतथ्यलाई स्वीकार गर्दै सार्वजनिक जीवनमा लिम्बू महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न उचित पहल गर्न आवश्यक भएकोठहर गर्दछौ।
१२.संस्सार भरिरहेका लिम्बूहरु बीच आपसी सम्बन्धसुदृढ गर्न का लागि एउटा अन्तर्राष्ट्रिय लिम्बू सञ्जाल निर्माण गर्न आवश्यक महसुस गरी त्यस सञ्जादको निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ।
१३. लिम्बू जातिको पहिचान र प्रतिष्ठालाई कायम राख्दै आ-आफ्नो मुलुकमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछौ।

घोषणा पत्र मस्यौदा समिति:
१. प्राध्यापक भारती ओख्रावो लिम्बु, अध्यक्ष, किरात चुम्लुङ, थाइल्यान्ड
२. श्री समन प्रसाद ताम्लिङ, अध्यक्ष, सुक्खिम याक्थुङ साप्सक सङ्जुम्भो, सिक्किम, भारत
३. श्री जेठा सुब्बा, अध्यक्ष, लिम्बू (सुब्बा) विकास समिति, जलपाइगुडी, भारत
४. श्री एन.बी. चेम्जोङ, उपाध्यक्ष, घुम लिम्बू सुब्बा ट्राइबल, दार्जिलिङ, भारत
६. श्री के.बी. तम्रोक, अध्यक्ष, बिजन बारी लिम्बू किरात (याक्थुङ) चुम्लुङ, पश्चिम बङ्गाल, भारत
६. श्री अर्जुन लिम्बू, केन्द्री यसल्लाहकार, किरात याक्थुङ चुम्लुङ, नेपाल
७. श्री केशर लिम्बू, अध्यक्ष, मिरिक अल इन्डिया लिम्बू ट्राइबल सङ्गठन, पश्चिम बङ्गाल, भारत
८. श्री योगराज लिम्बू, केन्द्रीय सदस्य, किरात याक्थुङ चुम्लुङ, नेपाल
९. श्री यम पयाङ्गू, केन्द्री यउपाध्यक्ष, किरात याक्थुङ चुम्लुङ, नेपाल
१०. श्री कृष्ण राज लाओती, सल्लाहकार, किरात याक्थुङ चुम्लुङ, हङ्कङ
११. श्री टङ्क माया लिम्बू, किरात याक्थुङ चुम्लुङ, नेपाल
१२. श्री यम कुमार लिम्बू, किरात याक्थुङ चुम्लुङ, नेपाल
१३. श्री हर्क जङ कुरुम्बाङ, किरात याक्थुङ चुम्लुङ, नेपाल
१४. श्री अमर तुम्याहाङ, किरात याक्थुङ चुम्लुङ, नेपाल
१५. श्री कमल तिगेला, कियाचु नेपाल

 

यसमा तपाइको मत





*