राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठी धरानको घोषणा पत्र

मिति २०६८ बैशाख १० र ११ गते लिम्बुवानको ऐतिहासिक राजधानी धरान सुनसरीस्थित धरान चुम्लुङ हिममा दस लिम्बुवान सत्र थुमका क्तम्याङ फेदाङमा साम्बा र येवारयेमाहरु एवम मुन्धुमका जानिफकारहरुको सहभागितामा सम्पन्न किरात याक्थुङ चुम्लुङको राष्ट्रिय याक्थुङ मुन्धुम गोष्ठीद्धारा पारित घोषणा पत्र ।
1. मुन्धुम संरक्षण र संवद्र्धनको लागि काम गर्ने संस्थाहरुलाई व्यवस्थित र सुदृढिकरण गर्दै मुन्धुमका जानिफकारहरुसमेत सम्मिलित भएर थप संस्थागत अभ्यास गरिनेछ ।
2. क्तम्याङ फेदाङमा साम्बा र येवा येमाहरु जस्ता मुन्धुमका जानिफकारहरुको मान प्रतिष्ठाको सम्मान गर्दै उनीहरुको विवरणको अभिलेख गरिनेछ । साथै तिनको प्राज्ञिक क्षमताको विकास र व्यवसायिक सुरक्षामा ध्यान दिइने छ ।
3. लिम्बु भाषा र मुन्धुम एक अर्कामा परिपुरक भएकाले लिम्बु भाषाको प्रयोगमा जोड दिइने छ ।
4. मुन्धुमको जिवन्तताका लागि सम्पूर्ण लिम्बूहरुलाई संस्कार संस्कृतिको निरन्तर र नियमित अभ्यासका लागि आव्हान गरिन्छ ।
5. विश्व व्यापिकरण एवम् वढ्दो सहरीकरण र आधुनिकिकरण संगसगै मुन्धुमको प्रचार प्रसार एवम अभ्यासलाई व्यापक गरिनेछ ।
6. मुन्धुमको व्यवस्थित र प्राज्ञिक अभिलेखिकरण गर्दै प्रकाशन गरिने छ ।
7. मुन्धुमको दार्शनिक पक्षको व्याख्या विश्लेषण र पुस्तान्तरणमा जोड दिइनेछ ।
8. मुन्धुमलाई मानवताको मौखिक र अमूर्त सम्पदाको श्रेष्ठ कृति (Masterpieces of oral and intangible heritage of Humanity)को रुपमा घोषणा गर्न नेपाल सरकार मार्फत यूनेस्को (UNESCO)लाई अनुरोध गर्दछौं ।
अर्जुन लिम्बु
अध्यक्ष

यसमा तपाइको मत





*