यले सम्बत् ५०७२ को अवसरमा न्यूयोर्कमा भव्य बलिहाङ तङ्नाम

न्यूयोर्क
१२ नोभेम्बर- यले सम्बत् ५०७२ को अवसरममा किरात याक्थुङ् चुम्लुङ अमेरिकाले गत नोभेम्बर ११ तारिख न्यूयोर्कमा भब्य कार्यक्रमको आयोजना  । “बलिहाङ् तङ्नाम -२०१२”  नाम दिईएको उक्त कार्यक्रम न्यूयोर्कको कुईन्स स्थित कुईन्स प्यालेसमा सम्पन्न भएको थियो । कार्यक्रममा लिम्बु जातिको परम्परागत मौलिक च्याब्रुंग नाँच र धान नाँचको अलवा विविध् साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

Photo by : Ashok Panta

कार्यक्रममा बरिष्ठ साहित्यकार एवं समालोचक अमर नेम्बाङ् लिम्बुले लिम्बु समुदायले परम्परागत रुपमा मान्दै आएको बलिहाङ् तङ्नाम र किरात समुदायले मान्दै आएको यले सम्बतको  बारेमा चर्चा गरेका थिए । उनले परापुर्वकालमा बलिहाङ् राजा नाम गरेका किराती राजाले बिभिन्न राज्यहरुलाई परास्त गरेर आफ्नो राज्यभिषेकको अवसरमा यस सम्बतलाई  शूरु गरेको यथेष्ठ प्रमाणहरु बिभिन्न धार्मिक पुराणहरुमा उल्लेख गरेको बताए । लामो इतिहास बोकेको यस सम्बतको  बिषय शोधको बिषय  हुनु पर्ने बताउँदै उनले हाल नेपालमा मान्दै आएको बिक्रम सम्बत् ( भारतीय राजा बिक्रम आदित्यको नामबाट शूरुवात) को सट्टामा यस यले सम्बत्लाई प्रचलनमा ल्याउनु पर्ने बताए ।

Photo by : Ashok Panta

यले सम्बत् नेपालको सबैभन्दा पुरानो सम्बत  पनि हो । यो सम्बत् बिक्रम सम्बत् भन्दा ३ हजार तीन र ईश्वी सम्बत् भन्दा ३ हजार साठी बर्ष पुरानो हो । किरात समुदायले यस सम्बतलाई  बिशेष रुपमा मान्दै आएकाछन् ।
कार्यक्रममा किरात याक्थुङ् चुम्लुङ्, अमेरिकाका महासचिव दीपेश लिम्बुले बलिहाङ् तङ्नाम पर्वको बारेमा बिशेष चर्चा गरेका थिए । बलिहाङ् राजा आफ्ना जनता प्रति न्यायप्रेमी भएको र उनैले सबै जनतामा खुसीयाली बाँड्न बिशेष दिनको रुपमा बलिहाङ् तङ्नामको प्रचलनमा ल्याएको पौराणिक इतिहास केलाउँदै उनले हाल चलनमा आएको देउसिरे लारिङ्गे र नाम्लिङ्गेबाट अपभ्रंश भएको बताए । संस्थाले यस बलिहाङ् तङ्नाम लाई बार्षिक रुपमा विशेष रुपमा मनाउँदै आएको छ ।

Photo by : Ashok Panta

कार्यक्रममा न्यूयोर्क लगायत अन्य छिमेकी राज्यहरुबाट समेत लिम्बु समुदायको उपस्थिति रहेको थियो । सोहि कार्यक्रममा न्यूयोर्कमा रहेका अन्य गैर लिम्बु समुदायको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष इन्दिरा चेम्जोङ्ले स्वागत मन्तब्यसँगै कार्यक्रमको बारेमा मन्तब्य राखेकी थिइन् ।
मौलिक एवं साँस्कृतिक कार्यक्रम
कार्यक्रममा परम्परागत रुपमा लिम्बु जातिले नाँच्ने च्याबु्रङ र धान नाँचसँगै विविध् साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागिहरुले एक अर्काको हात समातेर धान नाँच नाँचेर मनोरञ्जन लिएका थिए । यसै गरी कार्यक्रममा चर्चित लोकगायक सुमन बुढामगर, राम लिम्बु, गायिका यशोदा खालिङ लगायतका अन्य कलाकारहरुले बिभिन्न गीत प्रस्तुत गरेका थिए भने राम लिम्बु, यशोदा खालिङ, हेलेन लिम्बु, लुना योङ्हाङ, रिया लिम्बु, सोधु योङ्हाङ् लगायतले बिभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागि महिलाहरुले देउसी भैली, पुरुष सहभागीहरुले लारिङ्गे भन्दै देउसी खेलेका थिए भने युवाहरुले विभिन्न गीतसंगीत सँगै देउसी भैलो गीत प्रस्तुत गरेका थिए ।
यता लोकदोहोरी ख्याती कमाएका चर्चित लोकगायक सुमन बुढामगरले गीतसंगीतसँगै देउसी भैलोको भाकामा भट्याउँदै प्रशस्त मनोरञ्जनसँगै संस्थालाई दक्षिणा संकलनमा सहयोग पुर्याएका थिए । उनले भट्याउँदै गर्दा सहभागीहरुले थप मनोरञ्जन लिएका थिए ।
Source : प्रशान एलुङ राई (www.presschautari.com)

यसमा तपाइको मत





*