मुन्धुम पुरस्कार काईंलालाई दिईने

किरात याक्थुङ चुम्लुङ
किरात याक्थुङ चुम्लुङले नीतिगत रुपमा २०४९ सालमा विभिन्न विषयसँग सम्बन्धित पुरस्कार कोषहरुको स्थापना गर्ने निर्णय गरिसके पश्चात हाल इमानिसं पुरस्कार सिरिजङगा पुरस्कार उदयकला पुरस्कार बलिहाङ पुरस्कार काठमाडौं स्थापना गरि संचालन गरिरहेको छ । त्यही शिलशिलामा २०६७ भाद्रमा स्थापित रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कारको पनि स्थापना गरिएको छ ।

मुन्धुमको खोज अनुसन्धान संरक्षण संवर्धन र दस्तावेजीकरणका लागि स्थापित उक्त पुरस्कार कोषको संस्थापक कियाचुको पूर्व केन्द्रिय अध्यक्ष तथा वर्तमान केन्द्रिय सल्लाहकार मन्जुल कुमार िसंह याक्थुम्बा र वहाँको परिवारजन हुनुहुन्छ ।
याक्थुम्बाले उक्त पुरस्कार परिवार सदस्यका मृत आत्माहरुको सम्झनामा स्थापना गर्नुभएको हो । रु ५०००००।- को अक्षयकोष रहेको पुरस्काकोषको पुरस्कार राशी रु १०००००।- रहेको छ । कियाचुले स्थापना गरेको पुरस्कारहरुमा सवैभन्दा धेरै राशि रहेको पुरस्कार हो यो । हरेक २/२ वर्षमा वितरण गरिने यो पुरस्कार यस वर्ष प्रथम पटक वितरण गरिदैं छ । मुन्धुमको थुप्रै सामग्रीहरु खोज अनुसन्धान संकलन संपादन र प्रकाशन गरेका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईंलाको मुन्धुमको कृति तङसिङ तङमालाई यस वर्ष कियाचुको २४ औं स्थापना दिवसको समारोहवीच प्रदान गरिँदै छ ।

यसमा तपाइको मत





*