‘मलाई सपना जस्तै लागिरहेको छ’ मिस नेपाल सुबिन लिम्बु

subinकाठमाडौ, वैशाख२० – पहेंलो गाउनमा सजिएकी सुबिन लिम्बूले एक हातमा बुके र अर्को हातले खस्नलागेको क्राउन समाउँदै भनिन्, ‘वाउ ! मलाई सपना जस्तै लागि रहेकोछ।’

राजधानीको आर्मी अफिसर्स क्लबमा शुक्रबार साँझ सुबिन लिम्बू ‘मिस नेपाल’ को ताज पहिरिरहेकी थिइन्।धरानकी २३वर्षीया सुन्दरी १९ सहभागीलाई पछि पार्दै विजयी भएकी हुन्। ताज सँगै उनले पुरस्कार स्वरूप एक लाख रुपैयाँ र नेपालका तर्फबाट मिसवल्र्डमा सहभागी हुने अवसर समेत पाएकी छन्।

‘मिस नेपालको उपाधि जिते तपाईंले नेपालमा छरिएर रहेका युवा युवतीलाई रोजगारीका लागि के सल्लाह दिनु हुन्छ ?’ भन्ने प्रतियोगितामा निर्णायक प्रश्नमा सुबिनले जवाफ दिएकी थिइन्, ‘नेपालमा सुनौला अवसरहरू रहेका छन्।म युवाहरूलाई प्राकृतिक स्रोत, साधन र क्षमता प्रयोग गरे मुलुक भित्रै रोजगारी पाउने सल्लाह दिन्छु।’ ५ फिट८ इन्च अग्ली सुबिन सन्२०१०मा ‘मिसमंगोल’ को फस्ट रनरअप समेत भइसकेकी थिइन्।उनले मिस नेपालको तयारीक्रममा आफू विजेता भएरै छाड्ने अठोटगरेकी थिइन्।तर शुक्रबार ताज पहिरिरहेकाबेला भने उनी आफैं अचम्भित बन्दै भनिरहेकी थिइन्, ‘क्राउन शिरमा छ र पनि विश्वास लागेको छैन।’

उनले मिस वल्र्डको तयारी गर्न आफूलाई अझै परिष्कृत गर्न आवश्यक रहेको बताइन्। ‘आजै देखि मिसवल्र्डको लागि अभ्यास सुरु गर्न थाल्छु,’ उनले भनिन्।परिचय राउन्डमै सुबिनको आत्म विश्वास राम्रो देखिएको थियो।हरेक प्रश्नको उत्तर हँसिलो पारामा निर्धक्क दिएकी उनलाई विजयी घोषणा पछि पूर्व मिस नेपाल इशानी श्रेष्ठले आफ्नो शिरको क्राउन लगाइ दिँदै भनिन्, ‘मिस वल्र्डको लागि आत्म बल बढाउनू।’

मिस वल्र्ड २०१३ मा टपफाइभ सम्म पुग्न सफल इशानीले आफ्नो अनुभूति नयाँ मिस नेपाल वल्र्डसँग साटेकी थिइन्।बीबीए अध्ययन गर्दै गरेकी सुबिनले कविता लेखन र किताबहरू पढ्न मन पराउने बताइन्। ‘भविष्यमा सफल उद्यमी बन्ने लक्ष्यपनि छ,’ उनले सुनाइन्।

हिडेन ट्रेज द्वारा आयोजित प्रतियोगितामा परिचय राउन्डमा सहभागीहरूले नेपालको परम्परा झल्कने ढाकाको वान पिस लगाएका थिए।पूर्व सेना पति रुक्मांग, साहना बज्राचार्य, अनिल मल्लिक, नकिम उद्दिन, नम्रता शर्मा, आशुतोष तिवारी, सबिना श्रेष्ठ प्रधान, शिवानी थापा, प्रणयरत्न स्थापित लगायत निर्णायकमा थिए।

Miss Nepal Subin Limbu

यसमा तपाइको मत





*