न्यू योर्कमा लिम्बुहरुले मनाए सिसेक्वा तङ्नाम्-२०१३, लिम्बु फेसन शोको मन्चन

 

Written by: Pradeep Thapamagar:न्यू योर्क- अमेरिकामा रहेका लिम्बु आदिबासीहरुको साझा संस्था ‘किरात याक्थुङ चुम्लुङ युएसए’ को आयोजनामा सिसेक्वा तङ्नाम्-२०१३ मनाइएको छ। उक्त अबसरमा ब्यक्तित्वहरुको सम्मान, लिम्बु भेशभुषामा फेसन शो र खेलकूद प्रतियोगिता गरिएको छ।

Limbu Peoples on their traditional costumes PHOTO : Chumlung

जुलाई १४ तारिख आईतवार न्यू योर्कको कुइन्स ब्रिज पार्कमा आयोजित सिसेक्वा तङ्नाम पिक्निक कार्यक्रममा लिम्बु संस्क्रितीको प्रबर्धनकोलागि लिम्बु न्रित्यद्वारा निरन्तर सेवा गरेको कारण Youth of the Year- 2013 द्वारा हेलेन लिम्बु सम्मानित भएकिछिन्। हेलेन नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) महासचिब दिपेश लिम्बुकि श्रीमती हुन्। त्यसैगरी, सम्मानित लिम्बु समाजका अन्य ब्यक्तिवहरुमा लामो दुरीका म्याराथन धावक कुमार लिम्बु, मुनिन्द्र नेम्बाङ, बिक्रम नेम्बाङ, डा. सुबत्रा लिम्बु, सोनी लिम्बु, करमबहादुर सुब्बा योङ्हाङ र बिरेन्द्र लाबुङ लिम्बु छन्। त्यसैगरी, संचारकर्मीहरु विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक बिजय पौडेल र प्रेस चौतारी डट कमका प्रधान सम्पादक प्रशान एलुङ राई चुम्लुङद्वारा सम्मानित भएकाछन्।

पोहर साल सन् २०१२ मा अमेरिकामा लिम्बु संस्क्रितीको संरक्षण र संगठन बिस्तारमा योगदान पुर्याएबापत ४ लिम्बु ब्यक्तित्वहरु: चुम्लुङ युएसएका निबर्तमान अध्यक्ष पूर्णकुमार थाम्सुहाङ लिम्बु, प्रेम मेयाङ्बो, केपी सुब्बा र राम चोङ्बाङलाई सम्मान गरिएको थियो भने लिम्बुवान सम्बन्धी समाचार संप्रेशणमा प्राथमिकता दिई उल्लेख्य भूमिका निभाएबापद युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदिप थापा मगरलाई सम्मान गरिएको थियो। (हेर्नुहोस्) यसपाली चुम्लुङ युएसएका निबर्तमान अध्यक्ष पूर्णकुमार थाम्सुहाङ लिम्बुले संस्थालाई १३ सय अमेरिकि डलर अनुदान स्वरुप प्रदान गरे।
Tug-of-War (डोरी तान्ने) खेलमा नेपाली पत्रकार समूह बिजयी
छेलो फाल्ने खेलमा ल्हाक्पा रिन्जी शेर्पा बिजयी

लिम्बु बुढापाका र युवाहरुबिच हुने डोरी तान्ने (Tug-of-War) खेलमा यस पटक नेपाली पत्रकार समूह र लिम्बुहरुबिच भएको प्रतिस्पर्धामा नेपाली पत्रकार समूह बिजयी भएको छ। पत्रकार समूहमा ४ पत्रकारहरुका अलावा ४ जना ब्रिटिश सेनाका गोर्खाली बन्धुहरु सम्मिलित थिए भने लिम्बु समूहमा जोसिला युवा पुस्ताको बाहुल्यता रहेको थियो।पत्रकार समूहमा प्रदीप थापा मगर, प्रशान एलुङ राई, बिजय पौडेल, आङकामी शेर्पा, मणी बाङ्देल, कामी शेर्पा, टङ्क मगर, केशबराम राई, धरमबीर लामा र ल्हाक्पा रिन्जी शेर्पा थिए भने लिम्बु समूहतिर मुनिन्द्र नेम्बाङ, सञ्जय लिम्बु, कुमार साँबा, बिरेन्द्र लाबुङ लिम्बु, आनन्द लिम्बु, दिपेश लिम्बु, कर्णबहादुर लिम्बु, सोडु लिम्बु, रविन सुब्बा र धनप्रशाद लिम्बुले भाग लिएका थिए।

उता छेलो हान्ने (पक्लुङ) खेलमा सन् २००७ देखि लगातार उक्त खेल जित्दै आएका कुमार लिम्बुलाई पराजित गर्दै ल्हाक्पा रिन्जी शेर्पाले जितेका छन्। शेर्पाले यसपाली ४१ फिट दुरी छेलो फालेर प्रथम स्थान जिते भने दोश्रो स्थानमा पोहर साल पनि दोश्रो भएका योगेश लिम्बुले पुन: जितेकाछन्।

लिम्बु भेशभुषामा आधारित पहिलो खुल्ला फेसन शो

अमेरिकामा पहिलो पटक लिम्बु भेशभुषामा आधारित पहिलो खुल्ला फेसन शोको प्रदर्शन गरिएको छ। लिम्बु युवा युवतिहरुले परम्परागत लिम्बु पहिरनमा सजिएर कुइन्स ब्रिज पार्कको खुल्ला मैदानमा आधुनिक र्‍याम्पमा जस्तै गरी हिंडेर फेसन शो गरेका थिए। यो समूहले लिम्बु संस्क्रितीको लोकप्रिय न्रित्य च्याब्रुङ पनि प्रस्तुत गरेको थियो।चुम्लुङका अध्यक्ष देबेन्द्र साम्बाहाम्फे लिम्बुको सभापतित्वमा आयोजित उक्त समारोहमा स्वागत मन्तब्य उपाध्यक्ष इन्दिरा चेम्जोङले गरेकी थिईन्। चुम्लुङका संस्थापक अध्यक्ष श्याम मेयाङ्बो लिम्बुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा लिम्बु फेदाङ्मा राम चोङबाङ, डा. तारा निरौला र किरात राई सोसाइटी अफ अमेरिका (KRSA) बोर्ड अफ डाइरेक्टर रामकुमार राईले सम्बोधन गरेका थिए।
समारोहको सन्चालन चुम्लुङ महासचिब सुबर्णा लावती र सचिब बुद्ध चेम्जोङले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, pradeepthapa@gmail.com

 

Read related news:

-http://www.usnepalonline.com/limbu/

न्यू योर्कमा चुम्लुङद्वारा महाम्याराथन धावक कुमार लिम्बु र उनका सहयोगी स्कटिश नागरिक आलन योङको सम्मान

न्यू योर्कमा ‘लिम्बुवान अध्ययन केन्द्र’ बारे अन्तरकृया कार्यक्रम सम्पन्न

न्यू योर्कमा लिम्बुहरुद्वारा चासोक तङ्नाम र नयाँ कार्यालयको उद्घाटन

न्यू योर्कमा लिम्बुहरुद्वारा 5072 औं बलिहाङ तङ्नाम (तिहार) सम्पन्न

 

यसमा तपाइको मत





*