न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौथो महादिवेशन सम्पन्न

 

न्यू योर्क, आईतवार २७ जनवरीका दिन एघार सदस्यीय कार्यसमितिको चयन गरेर न्यू योर्कमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको चौंथो महाधिवेशन सम्पन्न भएको छ ।

न्यू योर्क शहरको ज्याक्सनहाईट्सस्थित हिमालयन याक रेष्टुरेन्टमा समापन भएको उक्त चौंथो महाधिवेशनमा कार्यवाहक पद सम्हाल्दै तत्कालिन अध्यक्ष रहेका देबेन्द्र लिम्बू सम्बाहाम्फेको अध्यक्षतामा सर्वसम्मत रुपमा दूईवर्षे कार्यकालको लागि सो एघार सदस्यीय नयाँ कार्यसमितिको चयन भएको हो।

दुईवर्षे २०१३-२०१५ अवधिको लागि चयन हुने पदाधिकारिहरुमा उपाध्यक्ष-द्वय ईन्दिरा चेम्जोङ, अनिल लिम्बू, महासचिव शुभद्रा लावती योङ्हाङ, सचिव बुद्ध चेम्जोङ, कोषाध्यक्ष सञ्जय लिम्बू मादेन, सह-कोषाध्यक्ष देशहाङ लिम्बु र सदस्यहरुमा राम चोङबाङ, आनन्द लिम्बु मादेन, पुष्पलत्ता थाम्सुहाङ मेन्याङ्बो र सन्तोष लिम्बु निङ्लेकु छन भने निवर्तमान अध्यक्ष पूर्ण लिम्बु थेबे बिधानत सल्लाहाकार रहनु भएको छ । नव निर्वाचित कार्यसमितिले निकट भविष्यमै अमेरिकाको अन्य राज्यहरुमा राज्य संयोजक तथा सदस्यहरु, बिभागीय प्रमुखहरु र सल्लाहाकारहरुको नियुक्त गर्ने छ ।

चुम्लुङ अमेरिकाको महासचिव दिपेश लिम्बु (खाम्बेक) र सचिव बुद्ध चेम्जोङद्वारा सञ्चालित कार्यक्रममा जनजाति महासंघका अमेरिकाका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष बिनोद पोमु लिम्बुको अतिथ्य र देवेन्द्र लिम्बुको सभापतित्वमा सम्पन्न महाधिवेशनलाई अतिथी पोमु, पुष्पलत्ता थाम्सुहाङ र मुनिन्द्र बिक्रम नेम्बाङ तथा नगेन्द्र ईङ्नामले सम्बोधन गरेका थिए ।

महाधिवेशनमा कोषाध्यक्ष बिरेन्द्रहाङ लाबुङ लिम्बुले संस्थाको आर्थिक प्रतिवेदन र महासचिव दिपेश लिम्बुले आफ्नो कार्यकाल संस्था तथा संस्थाको भावी योजनाहरु सहितको  प्रतिवेदन पेश गरेका थिए । नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका श्याम मेन्याङ्बो, करमसिङ् योङ्हाङ र दुर्गा सुब्बाद्वारा खदा पहिर्‍याएर बधाई ज्ञापनका साथ औपचारिक रुपमा कार्यभार हस्तान्तरण गरिएको थियो । महाधिवेशनको सहजिकरणकोलागि सात सदस्यीय संयोजन समिती र पाँच सदस्यीय बिधान शंसोधन समितिको गठन गरिएको थियो ।

– न्यू योर्कबाट नगेन्द्र ईङ्नाम “आठराईली”

यसमा तपाइको मत





*