नेता कुमार लिङदेन कोरिया प्रस्थान

आज गणतन्त्र कोरियाको राजनैतिक भ्रमणमा जाने बारे,

मिति २०६९|०९ | १२
कोरिया भ्रमण बारे प्रेस-विज्ञप्ति

मंच सम्द्ब संघीय लिम्बुवान राज्य परिसद कोरिया प्रबास कार्य समितिको निमन्त्रणामा यहि मिति २०६९ |०९ |१२ गते देखि पाच दिन सम्मको लागि गणतन्त्र कोरियाको राजनैतिक भ्रमणमा आज म त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम छ र साथमा लिम्बुवानी राजनैतिक विश्लेषक भवानी बराल रहनु हुनेछ |
Kumar Lingden
कोरिया मा रहदा डिसेम्बर ३० मा ‘संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष्य नेपाल अन्तर्गत अरुण सप्तकोशी पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य प्रप्तिको आन्दोलन ‘बिषयक बृहत अन्तरक्रिया र ३१ मा मंच सम्द्ब स लि रा प कोरिया प्रबास कार्य समितिको साधारण सभामा भाग लिने कार्यक्रम छ |

ऐतिहासिक पृष्ठभूमि एबं पहिचान सहितको संघीयताको आन्दोलनमा प्रेरणाको स्रोत बनिरहेको लिम्बुवानी आन्दोलनलाई रास्ट्रीय र अन्तरास्ट्रिय करण गर्ने अभियान अन्तर्गत यो भ्रमण हुन लागिरहेको छ | लिम्बुवानबासीहरु हो, संसारको जुनसुकै ठाउमा रहेता पनि लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि शान्तिपुर्ण आवाज उठाउन नछोड किनकि तपाइको आवाज ले नेपाल मा पहिचान सहित को संघीयता स्थापना गर्न र नेपाल एब नेपालीको भबिष्यलाइ सकारात्मक बाटोमा हिडाउन भूमिका खेल्नेछ |अबको २० बर्षमा बिश्व अर्थतन्त्रको प्रमुख पात्र बन्ने देशहरुको बिचमा रहेर अथाह सम्भावना बोकेको नेपाल र नेपालीलाई यी लथालिंगे एकात्मकबादिहरुको हातमा सुम्पिएर अब हामी रमिते मात्र बन्न सकिदैन र हुदैन पनि,त्यसैले आ अफ्नो ठाउबाट पहिचान, सह –अस्तित्व,स्वायतता,गणतन्त्र ,संघीयताको आवाज उठाउ ” भन्ने सोचले मंच सम्द्ब स लि रा प ले विश्वमा आफ्नो संगठन बिस्तार गरिरहेको छ |

परिसदका बरिस्ठ उपादक्ष्य ज्ञान बहादुर गुरुङ ज्युलाइ कार्यबाहक अदक्ष्य तोकिएको छ |परिसदको बिधान र उदेश्य प्रति प्रतिबद्द रहदै सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुक, समर्थकहरुले चालु लिम्बुवानी आन्दोलन लाइ अघि बढाउनु होला |
जय लिम्बुवान, संघीय अभिभादन |

……………….
कुमार लिङ्देन ‘मिराक’
के. अध्यक्ष
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद
korea

http://www.nepalisamachar.com/?p=9008

यसमा तपाइको मत





*