कि.या.चु.यु.केको अक्फोर्ड शाखा गठन

अक्फोर्ड /गत १९ नोभेम्बर २०११ मा केन्द्रीय अध्यक्ष श्री डम्बर लिम्बुको प्रमुख अतिथ्यमा किराँत याक्थुङ चुम्लुङ युकेले अक्फोर्ड शाखा समिती गठन गरेको छ। उक्त भेलामा कि.या.चु.यु.केका केन्द्र बाट अध्यक्ष श्री डम्बर लिम्बु, श्री प्रसाद थेबे, श्री बिजय बि. लिङ्देन्, श्री दिलसिङ मेन्याङ्बो, श्री नरेन्द्र लिम्बु, श्री लोकेन्द्र तबेबुङ् र श्रीमति दुर्गा पङ्माहरुको उपस्थित थियो।

श्री प्रसाद थेबे ज्युको अध्यक्षमा बसेको उक्त भेलाले श्री कृष्ण सेनेहाङ अध्यक्ष रहेको नव गठित उक्त समितीमा क्रमश: उपाध्यक्ष श्रीमति कबिता फेम्बो , सचिव श्री भक्त लिम्बु, सह सचिव श्री लिला काम्बाङ, कोषाध्यक्ष श्री नरनारायण लिम्बु, सह कोषाध्यक्ष श्री चन्द्र मादेन र अन्य सदस्यहरुमा क्रमश: श्री नर लिम्बु , श्रीमति सुजाता लिम्बु , श्रीमति मनु लिम्बु , श्रीमति शुस्मा लिम्बु  र श्रीमति कुमारी लावती रहेका छन। नव गठित कार्यसमितीका पधाधिकारी तथा सदस्यहरुलाई प्रमुख अथिती श्री डम्बर लिम्बु ज्युले बधाई तथा शुभकामना दिई सकेपछि बिधान बमोजिम लिम्बु भाषामा सपथ दिनु भएको थियो।

 

 

कार्यक्रमको अन्तमा बेलायतमा लिम्बु समुदायहरु रहेको बिभिन्न क्षेत्रमा कि.या.चु.यु.केको शाखा कार्यसमिती गठन गर्नुको औचित्य तथा आर्थिक पारदर्शिता र एकरुपता कसरी कायम गर्न सकिन्छ भन्ने बारे श्री प्रसाद थेबे ज्युले छोटो मन्तब्य दिनु हुदै उक्त सभाको बिसर्जन गर्नु भएको थियो।

 

दिलसिङ मेन्याङ्बो

यसमा तपाइको मत





*