किरात याक्थुङ चुम्लुङ रजतजयन्ती उद्घाटन

काठमाडौं, १७ भदौं । उपराष्ट्रपति परमानन्द झाले संविधानसभाको निर्वाचनले देशले निकास पाउने बताउनु भएको छ । सोमबार ललितपुरमा भएको किरात याक्थुङ चुम्लुङ रजतजयन्ती उद्घाटन समारोहमा बाल्दै उपराष्ट्रति झाले मुलुक समस्यामा रहेको अवस्थामा निकास दिने एकमात्र विकल्प निर्वाचन रहेको बताएका छन् । उहाँले जात भाषा, संस्कार, संस्कृति र रीतिरिवाज संरक्षणको लागि सम्पूण जातजाति आफैँ सक्रिय हुनुपर्नेसमेत धारणा राख्नुभयो ।
यसैबिच ‘आदिवासी जनजातिको शान, आत्मसम्मान, प्रतिष्ठा र पहिचान, लिम्बुवान राष्ट्रिय जागरण, कियाचु युप्पा तङ्बेरेन हेक्याम’ भन्ने नाराका साथ किरात याक्थुङ चम्लुङुले आजदेखि रजत जयन्ति मनाउन शुरु गरेको छ । किरात याक्थुङ चुम्लुङ सोमबारबाट २५ वर्षा प्रवेश गरेको उपलक्ष्यमा चुम्लुङले वर्षरी रजत जयन्ती मनाउन शुरु गरेको हो । उक्त रजतजयन्ती वर्षरी नै मनाइने छ ।
रजत जयन्तीको उद्घाटन सम्माननीय उपराष्ट्रपति परमानन्द झाले चुम्लुङहिम शोभाहिटी ललितपुरमा लिम्बूहरुको बाजा (के) बजाएर उद्घाटन गर्नुभएको हो । साथै बेलुन उडाएर रजतजयन्तीको पनि शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा २०६९ सालको एसएलसीमा सर्वोत्कृष्ट हुनुहुने लिम्बु छात्राछात्रलाई सम्मानसमेत गरिएको छ । साथै चुम्लुङको विषिष्ट संरक्षक, संरक्षक सदस्य र आजिवन सदस्यलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रा.डा. नोबलकिशोर र्राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइँला र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमालले पनि मन्तव्य दिनुभएको थियो ।
लिम्बूहरूले आफनो पहिचान र थातथलो लिम्बुवानको संरक्षण, सर्म्बर्द्धन र विकासको लागि आआफनो रजत जयन्ती मनाउने क्रममा वर्षरी नै लिम्बुवान राष्ट्रिय जागरण अभियान सञ्चालन, लिम्बु अन्तरराष्ट्रिय सम्मेलन गर्ने, प्रकाशन, अभिलेखिकरण र प्रचारप्रसार गर्ने, तङसिङ, धार्मिक अनुष्ठान लगायत परोपकारी कार्यक्रम, पुनर्मिलन तथा अन्तरक्रिया सम्वाद कार्यक्रम, सांस्कृतिक, साहित्यिक कार्यक्रम तथा महोत्सवहरूको आयोजना, प्रशंसा, कदर र सम्मान कार्यक्रम, युप्पा तङवे स्तम्भ तथा संरक्षित वनजंगलहरूको स्थापना गर्ने लगायत रहेका छन् ।
२०४६ सालको राजनीतिक परिवर्तन पर्ूव नै निरंकुश पञ्चायतकालीन अवस्थामा काठमाण्डौ उपत्यकामा अध्ययनरत सचेत लिम्बूहरूबाट जातीय उत्थान तथा विकास कार्यलाई संगठित र संस्थागतरूपमा अघि बढाउन किरात याक्थुङ चुम्लुङको स्थापना भएको हो । कियाचु लिम्बु जातिको इतिहाँस, भाषा, लिपी, साहित्य, संस्कृतिको संरक्षण तथा सर्ंवर्धन गर्ने, सामाजिक तथा आर्थिक विकास गर्ने, विभिन्न जातिहरूवीच साम्प्रदायिक सदभाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृति निर्माण गर्ने उद्देश्यहरू लिएर निरन्तर क्रियाशिल रहेको छ । कियाचु लिम्बुवान क्षेत्रको अन्य जनसमुदायसँग समन्वय कायम गर्दै लिम्बू जातिको शसक्तिकरण गर्न सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक र मौलिक हकअधिकार प्राप्तिको लागि चेतना प्रदान गर्ने एक प्रमुख संस्थाको रूपमा स्थापित भएको हो । यस संस्थाले लिम्बूहरूलाई भाषिक, सांस्कृतिक, शैक्षिक, सामाजिक, आर्थिक र राजनीतिकरूपले सशक्त बनाई पहिचान एवं प्रतिष्ठा कायम गरी समृद्ध र सम्मानित जीवनयापनको लागि क्रियाशिल रहने उद्देश्य राखेको छ ।
कियाचुले २०४६ सालको प्रजातन्त्र प्राप्तिको लागि आन्दोलन र परिवर्तन पश्चात् नेपाललाई बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक राज्य बनाउन महत्वपूण भूमिका निर्वाह गरेको छ । २०६२-६३ सालको ऐतिहासिक जनआन्दोलन र परिवर्तन पछि नेपाललाई धर्मनिरपेक्ष, समावेशी, संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक राज्य बनाउनमा थप महत्पूवर्ण्र्ूमिका निर्वाह गरेको छ ।
लिम्बूको पहिचान र पुख्र्यौली थातथलोसँग अनन्य सम्बन्ध राख्ने लिम्बुवान क्षेत्रलाई नेपालको एक अभिन्न राज्य बनाउनका लागि कियाचुले लिम्बूहरू, लिम्बुवानवासीहरू, लिम्बुवानको राजनीतिक शक्तिहरू, राष्ट्रिय राजनीतिक शक्तिहरू बीच र विघटित संविधानसभा सदस्यहरूवीचमा गरेको अथक पैरवीका साथै संघीयता र स्वायत्तता पक्षधरहरूवीच समन्वय गर्दै गरेको आन्दोलनको फलस्वरूप लिम्बुवान लगातय अन्य पहिचानसहितको संघीयता भएको नयाँ संविधान बनाउनुपर्ने गरी नेपाली राजनीतिलाई प्रभाव पारेको छ ।
कियाचुले २५ वर्षो दौरानमा प्राप्त गरेका र्सार्थक र महत्वपूण कामहरूको अभिलेखिकरण गर्दै रजत वर्षो उपलक्ष्यमा आयोजना हुने विशेष उद्घाटन समारोह र समापन समारोह, लिम्बुवान राष्ट्रिय जागरण अभियान, लिम्बु अन्तराष्ट्रिय सम्मेलन, संघीयता, पहिचान, संविधानसभा निर्वाचन सचेतना कार्यक्रमले लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि महत्वपूण प्रभाव पार्दै आएको छ ।

उद्घाटन समारोहको पूवसन्ध्यामा चुम्लुङले ललितपुरको जावलाखेलदेखि चुम्लुङहिम शोभाहिटी ललितपुरसम्म र्‍याली आयोजना गरेको थियो ।

श्रोत: http://chumlung.org.np/news_detail.php?id=137

यसमा तपाइको मत





*