किरात यखुङ चुम्लुङ अमेरिका, न्युयोर्कको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग

किरात यखुङ चुम्लुङ अमेरिका, न्युयोर्कको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग

अप्रिल २७, २०१४

पाँचथर जिल्ला रानीटार गा०बि०स०वडान०४ निवासी सुश्री तारा नेम्बाङ लिम्बूको दुवै मृगौलाले काम नगरेको र पुनःसल्यक्रिया गराइ प्रत्यारोपन गर्नुपर्ने भएको तर नीजको आर्थिक अवस्था कमजोर भएको भनी बिभिन्न सामाजिक संजाल साथै कि०या०चु०नेपालको मुखपत्रतान्छोप्पामासिकमा समेत समाचार प्रकाशित भै  संसारभरका बिभिन्न मुलुकमा रहेका कि०या०चु०का शाखाहरुल गायत बिभिन्न संघसंस्था साथै ब्यक्तिगत रुपमा समेत सहयोग रकमजुटाउने कार्यभएको हुँदा, हामी कियाचुले पनि अमेरिका माबसो बास गर्ने नेपाली समुदायमा सहयोग लागी अपिलगरी ईच्छुक दाजू-भाई दिदी-बहिनीहरु बाट अमेरिकी डलर$३१८३.०० (ने०रु०,०३,४०३.५६संकलन भयो र उक्त रकम नीज नेम्बाङ परिवारलाई मिति अप्रिल१७,२०१४ मा

कि०या०चु० नेपालको केन्द्रीय कार्यालय काठमाण्डु अध्यक्ष श्री उत्तम सिंह थांदेन ज्यूको हात बाट सुश्रीतारा नेम्बाङको बुबा श्री नन्द

दिल नेम्बाङ लिम्बूलाई सहयोग रकम हस्तान्तरण गरियो।

यस मानवीय सहयोगको निमित्त हाम्रो अनुरोधलाइ सहर्ष स्वीकार गरी सहयोग गर्नुहुने सम्पूर्ण मानुभावहरु र रकम जुटाउन पहल गर्नुहुने कियाचु सदस्य एवं सहयोग रकम संयोजक बिजेता थेबे लिम्बू;सदस्यहरु चेतन सुब्बा लिम्बू, मुनिन्द्र नेम्बाङ लिम्बू, बीरेन्द्र लाबुङ लिम्बू र राम सदेम्बा लिम्बुमा किरात याक्थुङ चुम्लुङ अमेरिका हार्दिक कृतज्ञात ज्ञापन गर्दछ।

नोगेन।

 

यसमा तपाइको मत





*